दफा २५९
सीमानामा रहेको रुख, विरुवा वा वस्तु संयुक्त सम्पत्ति मानिने

अन्यथा प्रमाणित भएमा बाहेक दुई वा दुईभन्दा बढी संधियारको सीमानामा रहेको रुख, विरुवा वा वस्तु सबै संधियारको संयुक्त सम्पत्ति मानिनेछ ।